Categories समाचार

कालिकामाई गापामा भागबण्डाको आधारमा करारमा कर्मचारी नियुक्त

Advertisement

पर्सा । पर्साकाे कालिकामाई गाउँपालिकामा भागबण्डाकाे आधारमा करारमा कर्मचारी नियुक्त भएकाे पाइएकाे छ । जनप्रतिनिधिहररुले प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे मिलाेमताेमा कर्मचारी नियुक्तिमा भागबण्डा लगाएका हुन् ।

गाउँपालिकाले साेमबार कारारमा ना.प्र.स (कृषी)  २ जना, सहायक कम्प्यूटर अपरेटर  ५ जना, अ.न.मी. २ जना र ल्याब  असिटेन्ट २ जना न्युक्त गरेकाे छ । स्थानिय तहकाे निर्वाचन घाेषणा भएपछि चुनाव केन्द्रित जनप्रतिनिहरुले भागबण्डाकाे आधारमा कर्मचारी नियुक्त  गरेपछि याेग्य उम्मेदवारहरु मार्कामा परेका छन् ।

Advertisement

याेग्यताकाे आधारमा नियुक्त  गर्नु पर्ने कर्मचारी भागबण्डाकाे आधारमा नियुक्त भएपछि याेग्य उम्मेदवारहरु मर्कामा परेकाे स्थानिय बुद्धिजिविहरुले बताएका छन् ।

Advertisement

जनप्रतिनिधिहरुले भागबण्डाकाे आधारमा प्रमुख प्रशासकिय अधिकृत साहकाे मिलाेमताेमा कर्मचारी नियुक्त  गरेपछि याेग्य उम्मेदवार पिडित भएका छन् ।

गाउँपालिकाले करारमा एक दर्जन कर्मचारी नियुक्तिकाे लागि मंसिर ६ गते नै दरखास्त आवहान गरेपनि भागबण्डा मिल्न नसकेपछि ३ महिनापछि फाल्गुन २ गते परिक्रिया पुर्‍याएर कर्मचारी नियुक्ति गरेकाे हाे ।

भागबण्डाको आधारमा कर्मचारी नियुक्त भएपछि कालिकामाई गाउँपालिकामा नाम मात्रकाे दरखास्त आवहान गरिएकाे स्थानिय पवन पटेललेे बताएका छन् ।

उनले समाजिक संजाल आफ्नाे फेसबुक वालमा कालिकामाई गा.पा. दरखास्त आवहान गरिएकाे थियाे, त्याे नाम मात्रकाे थियाे । परिक्रिया पुर्‍याउन मात्र लिखित परिक्षा र अन्तर्वाता संचालन गरिएकाे थियाे । सबै कुरा पहिला ने सेटिङ थियाे कि कसकाे गर्ने भने बेकारमा किन भाेलाभाला जन्तालाई मुर्ख बनाउनु भयाे ? भने प्रश्न गर्दै लेखेका छन् ।

पवन जस्ताे धेरै जनाले कर्मचारी नियुक्ति बारे समाजिक संजालमा लेख्दै गाउँपालिका प्रति आक्राेश पाेखेका छन् । उनीहरुले जनप्रतिनिहरुले पावरकाे दुरुपयाेग गर्दै आफ्नाे आसेपासेलाई कर्मचारी न्युक्त गरि भाेटकाे राजनितिक गरेकाे आराेप समेत लगाएका छन् ।

कर्मचारी भर्ना समितिका संयाेजक समेत रहेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत साहकाे भागमा परेकाे कर्मचारी नियुक्ति पैसा लिएर उनले गरेकाे उनीहरुकाे आराेप छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *