Categories समाचार

महानगरको वडा न.११ का १७ जनालाई ग्यास, सिलिण्डर र चुलो वितरण

Advertisement

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का १७ जनालाई ग्यास, सिलिण्डर र चुलो वितरण गरिएको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले पूर्व घोषीत कार्यक्रमअनुसार ग्यास चुलो बितरण गरिएको हो ।

वडा नम्बर ११ को वडा कार्यालयले दिएको सिफारिसका आधारमा ग्यास चुलो वितरण गरिएको नगरप्रमुख सरावगीले जानकारी दिए । ‘गोहरासे ग्यासतक’ कार्यक्रमअन्र्तगत महानगरपालिकाका ३२ वटै वडामा ८ सय जनालाई भरिएको सिलिण्डर, ग्यास र चुलो वितरण गर्ने लक्ष्य रहेको नगरप्रमुख सरावगीले बताए । २५ जनालाई दिने भनिएपनि हाल १७ जनालाई मात्र वितरण गरिएको वडा नम्बर ११ का वडाअध्यक्ष प्रधुम्न प्रसाद सेढाईले जानकारी दिए ।

Advertisement

वडाअध्यक्ष सेढाईका अनुसार वडामा ग्यास चुलो नभएका घरलाई छनौट गरेर महानगरलाई सिफारिस गरिएको हो । सेढाई भन्छन्, ‘वडाका सबै टोलहरुमा पुगेरै माटोको चुलो भएका गरिब, दलित एवम् मुस्लिम समुदायका गरेर २५ जनाको नाम सिफारिस गरिएकोमा हाल १७ जनालाई बाँडिएको छ । अरुले पनि नागरिकता लिएर आएपछि पाउनेछन् ।’ 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *