Categories राजनीति समाचार

नेपाली कांग्रेस पर्सा सभापतिमा क्षेत्री विजयी

Advertisement

बिरगंज । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिह क्षेत्री विजयी भएका छन् ।शुक्रबार बिहान् सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी श्यामप्रसाद पटेललाई ४ सय ६५ मतको अन्तरले पराजित गर्दै क्षेत्री निर्वाचित भएका हुन् ।

क्षेत्रीले १ हजर १ सय १० र निकटतम प्रतिद्वन्दी पटेलले ६ सय ४५ मत प्राप्त गरेको मतदान अधिकृत नरेन्द्र केसीले बताए ।

Advertisement

विजयी क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीयाको समर्थन रहेको थियो । पटेललाई भने संस्थापन इतर पक्षका काँग्रेस निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन रहेको थियो।

Advertisement

जिल्लाको अन्य पदाधिकारीमा पनि संस्थापन पक्षकै प्यानल विजयी भएका छन् । उपसभापतीमा रामनारायण कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा इम्तियाज आलम र दिनेश कुमार चौधरी, सह- सचिवमा नविन सिंह र मदन राउत अहिर विजयी भएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *