Categories प्रविधि समाचार

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाए कारबाही गर्ने साइबर ब्‍यूरोको चेतावनी

Advertisement

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्‍यूरोले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार साइबर ब्‍यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्‍न व्‍यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य गरे विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा कारबाही गर्ने चेतावनी दिएको हो ।

Advertisement

विज्ञप्तिमा भनिएको छ  “सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृति अपराधको कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्‍याप्सन राखी भिडियो तथा तस्वीरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजकमो सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृति देखिएकाले त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्‍यहोरा सूचित गरिन्छ।”

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *