Categories समाचार

अधिकांश एम्बुलेन्स सामान्य प्रक्रियासमेत पूरा नगरी सञ्चालनमा, बिरामीसंग अनावश्यक रकम असुल्ने धन्दा

Advertisement

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् ।

बिरामीलाई राख्नसमेत असहज हुने यस्ता सवारीमा बिरामी कुरुवा तथा स्वास्थ्यकर्मी राख्ने स्थानसमेत पुग्दैन ।यति मात्र होइन कतिपय सुविधा सम्पन्न अस्पतालले मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन गरे पनि बिरामीलाई चर्को मूल्य असुल्ने गरेको गुनासो आउने गरेको छ ।

Advertisement

कतिपय निजी अस्पतालले एम्बुलेन्स चालकलाई प्रभावमा पारेर सेटिङमा बिरामी ल्याउने र बिरामीबाट अनावश्यक रकम असुल्ने धन्दासमेत चलाउने गरेको पाइएको छ । मुलुकभर एक हजार ४६९ एम्बुलेन्स सञ्चालनमा छन् ।

Advertisement

ती एम्बुलेन्सलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ समेत जारी भएको छ तर अधिकांश एम्बुलेन्सले निर्देशिकामा तोकिएका न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन् ।

केही अस्पतालले सञ्चालन गर्ने एम्बुलेन्स सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन भए पनि अधिकांश भने सामान्य प्रक्रियासमेत पूरा नगरी सञ्चालनमा छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *