वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले बहुदरमाइ नगर कमिटिले आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेला तथा प्रतिबद्धता कार्यक्रममा नेता पटेलले लोसपा छाडेर एमाले प्रवेश गरेको घोषणा गरेका हुन् ।
उनी एमालेबाट नगरप्रमुखको दाबेदारीसहित स्थानीय चुनाव लड्ने तयारी गरेका छन् । तीन दशकदेखि मधेसको हक अधिकारको लागि लड्दै आएका पटेल केपीशर्मा ओलीसँग भेट गरेपछि आज घोषणा गरेका हुन् । चैत ८ गते वीरञ्ंजमा पुनः केपी ओलीकै उपस्थितिमा हुने आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले एमाले प्रवेश गर्ने बताए ।
कार्यक्रममा नेता पटेल बिगत चार महिना देखि नेकपा एमाले पार्टी सँग मेरे दिल जुडी सकेको कुरा आफ्नो सम्बोधनमा बताउनु भएको थियो । बिगत ३० वर्ष देखि मधेशी पार्टी मा आबद्ध नेता शिव पटेल आजै देखि नेकपा एमाले मा प्रवेश गरेको प्रतिवद्धता जाहेर गर्नु भएको छ । यसैगरी बहुदरमाई नगरपालिका रामनगरीका पूर्व शिक्षक मुखदेव साह कानु नेपाली कांग्रेस पार्टी परित्याग गरी सयौ कार्यकर्ता सँगै आजै नेकपा एमाले मा प्रवेश गरेका छन्। पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई विशिष्ठ अतिथि राजकुमार गुप्ताले टिका र गामछा ओढाई सम्मान गरेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज प्रभु हजरा, विशिष्ट अतिथि केन्द्रीय सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा, प्रदेश कमिटि सदस्य जयप्रकाश थारु, विचारी यादव, शम्भु गुप्ता, संजीव मिश्रा, जिल्ला उपाध्यक्ष डा विश्वम्भर शर्मा, जिल्ला सचिव तथा छिपहरमाई गाऊपालिका अध्यक्ष मनोज गुप्ता, महानगर कमिटी सचिव सुन्दर कुर्मी, नेकपा एमाले नेता तथा जगरनाथपुर गापा अध्यक्ष जालिम मियाँ लगायत हजारौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य पुरन पटेलले राखेका थिए भन्ने बहुदरमाई नगर कमिटी का अध्यक्ष प्रमोद कुशवाहा को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।







