Categories समाचार

नेपाली भान्सामा तेलदेखि धनियाँसम्मको हाहाकार !

Advertisement

काठमाडौं । नेपाली भान्साको पहिचान नै हो, तोरीको तेल र धनियाँ । हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गछौँ। तर, वास्तविकता फरक छ।

नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने गरेको छ। तर, रूसले युक्रेनमा आक्रमण गरेपछिको तनावका कारण आयात–निर्यात प्रभावित भएको छ। व्यापारको विश्वव्यापी आपूर्ति सञ्जाल नै खलबलिन पुगेको जानकार बताउँछन्।

Advertisement

युक्रेन र रूसबाट ल्याइरहेको सामान अब अरू देशबाट ल्याउँदा धेरै महँगो पर्छ।

Advertisement

युक्रेनबाट प्रत्यक्ष रूपमा १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँबराबरको ४५ प्रकारका सामान भित्रिएको भन्सार विभागको तथ्यांक छ। नेपालले यही अवधिमा रूसबाट ४ अर्ब ३१ करोड २८ लाख ५२ हजार रुपैयाँको ९१ प्रकारका वस्तु ल्याएको छ। यो तथ्यांक चालू आर्थिक वर्षको सात महिना अर्थात् माघसम्मको हो।

युक्रेनबाट यही अवधिमा १ करोड १२ लाख ३३ हजार रुपैयाँको १ लाख ६८ हजार किलो केराउ भित्रिएको छ । १ लाख १० हजार २ सय ६० किलो धनियाँको बीउ ल्याउँदा १ करोड १९ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ।

३ अर्ब ९५ करोड ३७ लाख २४ हजारको ४ करोड ४५ हजार ५७ किलो तोरीको दाना खरिद गरिएको छ। ४८ लाख ४३ हजार ९ सय ८८ लिटर कच्चा सोयाबिन तेल ७९ करोड ४७ लाख ९० हजारमा आयात गरिएको छ।

५ करोड ७३ लाख ६४ हजार ४५८ लिटर सूर्यमुखी तेल ९ अर्ब ५१ करोड ६३ लाख ६० हजार रुपैयाँमा आयात भएको छ । यसबाहेक १ लाख ८९ लिटर सूर्यमुखीको बीउ र कुसुमको तेल ३ करोड ७५ लाख ८४ हजार रुपैयाँको आयात भएको छ।

कुकुर र बिरालोको खाना ८ लाख ३ हजार रुपैयाँ बराबरको १ हजार ९ सय ९१ किलो आयात गरिएको छ।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *