Categories राजनीति समाचार

होलि मिलन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, ३०० जनाद्वारा पार्टी प्रवेश

पर्सा । वीरगन्ज वडा नम्बर-१७ कोनियामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल वडा एकाई समिती द्वारा आयोजित होलि मिलन तथा पार्टी प्रवेश कार्यक्रममा तीन सय जना पार्टी प्रवेश गरेका छन् ।

स्थानीय नेता ज्वाला मालीको अध्यक्षतामा सम्पन्नमा कार्यक्रममा प्रमुख अतिथि प्रदेश सान्सद रमेश प्रसाद कुर्मी ,जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा,नेताहरू अधिवक्ता सुरेन्द्र कुर्मी , शशि कपुर मिया, रम्भा मिस्रा, जिल्लाका वरिष्ठ उपाध्यक्ष सन्तोष तिवारी , वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फ लगायतले सम्बोधन गर्दै मधेसी, उत्पीडितको अधिकार र समावेशी , सन्तुलित बिकासको लागी लोसपाको विकल्प नरहेकोमा जोड दिए।

Advertisement

कार्यक्रममा नगर उपाध्यक्ष शेख फिरोज, सचीव संजय पटेल , सदस्यहरु शिवशंकर दिवेदी, नन्दलाल यादव , बिरेन्द्र साह, पुरन पटेल ,कनवर मन्सुरी, महिलाकि नगर अध्यक्ष अन्जना गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष राजेश साहले गरेका थिए।

Advertisement

भेलाले छोटेलाल साहको अध्यक्षतामा ४१ सदस्यीय वडा एकाई कमिटी गठन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *