Categories समाचार

भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना स्थलको अनुगमन गरिने

Advertisement

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गर्ने प्रक्रिया निर्वाचन आयोगले अघि बढाएको छ । आयोगले भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना स्थलको अनुगमनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको हो। सो प्रणाली जडानको समन्वयका लागि आयोगले सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा सोमबार प्रवक्ता शालिग्राम शर्मा पौडेलले भिडियो सिस्टम जडानका लागि सबै स्थानीय तहलाई आग्रह गरिसकेको जानकारी दिए । पौडेलले भने, “मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणना कार्यको अनुगमन आयोग परिसरबाटै अनुगमन गर्ने उद्देश्यले हरेक मतगणना स्थलमा मतगणना स्थल दृश्य अनुगमन प्रणाली र भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम जडान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरिएको छ ।”

Advertisement

यस्तै आयोगले चैत ९ देखि १७ गतेसम्म राजनीतिक दल र सरोकारवालासँग नेपाल कानुन समाजसँगको सहकार्यमा सात प्रदेश र १५ जिल्लामा आचारसंहिताबारे छलफल गर्ने पनि निर्णय गरेको छ। आयोगले सुरक्षा व्यवस्थापन निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ।

Advertisement

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *