Categories स्वास्थ्य

३३ जनामा कोरोना संक्रमण, ८९ जना कोरोनामुक्त

काठमाडौं : नेपालमा आज थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ५०५९ नमूना परीक्षण गर्दा ३३ नमूनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

सोही अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। यस्तै, सोमबार थप ८९ जना कोरोनामुक्त भएका छन्।  निको हुने दर ९८.५ प्रतिशत हो। पछिल्लो २४ घन्टामा थप ६० हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको  छ।

Advertisement

हाल कोरोना सक्रिय संक्रमितको संख्या ८४२ जना रहेको छ। मन्त्रालयका अनुसार हाल १०६ जना क्वारेन्टाइमा स्वास्थ लाभ गरिरहेका छ्न्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *