Categories शिक्षा समाचार

उपप्रमुख खातुनद्वारा पाेखरीया पुस्तकालयलाई किताब हस्तान्तरण

अन्जु कुमारी

वीरगन्ज । पाेखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले पाेखरीया पुस्तकालयलाई रु. १ लाख बराबरकाे किताब हस्तान्तरण गर्नुभएकाे छ।

Advertisement

विगत केही वर्षदेखि सञ्चालित साे पुस्तकालयमा समसामायिक आवश्यक्ता अनुसारकाे किताब आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएकाे हाे।

Advertisement

पुस्तकालयमा पढ्न आउने विद्यार्थीहरुलाई पढाइमा सहयाेग हुने किसिमका पुस्तकहरूकाे अभाव भएकाे जानकारी गराएपछि उपप्रमुखले आवश्यक पुस्तकहरु उपलब्ध गराउनुभएकाे पुस्तकालयमा कार्यरत सुजित चाैहानले जानकारी गराउनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *