Categories समाचार

वीरगन्जमा १५ दिने निःशुल्क अभिनय कार्यशाला सुरु

Advertisement

वीरगन्ज । भोजपुरी प्रतिष्ठान, वीरगन्जको आयोजनामा १५ दिने अभिनय कार्यशाला सोमवारदेखि सुरु भएको छ । महिला र पुरुष गरी १५ जना पशिक्षार्थी सहभागि रहेको कार्यशाला उद्घाटन कार्यक्रमबीच शुभारम्भ गरियो ।

प्रतिष्ठानका कार्यकारणी सभा सदस्य तथा अभिनय कार्यशालाका संयोजक कामेश्वर चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक शरिता साहले यस आयोजनले वीरगन्ज अभिनयको क्षेत्रमा पनि बिकास गर्ने आशा ब्यक्त गरिन ।

Advertisement

नेपालको नाम चलेका रंगकर्मी रहेकी साह लघु फिल्म निर्माणमा पनि सानो समयमा राम्रो परिचय बनाउन सकेकी छिन् । उनले प्रशिक्षार्थीहरुलाई यस मौकाको सदुपयोगका निम्ति तत्परता राख्न सुझाइन ।

Advertisement

अर्का प्रशिक्षक रंगकर्मी अनिल कुर्मीले अभिनय सिक्नेभन्दा आफुभित्र जागृत गराउने बिषय रहेको बताए । उनले यहाँ अनुभवको आदानप्रदान, प्रयोगात्मक अभ्यासजस्ता माध्यमहरु अपनाइने बताए ।

कार्यक्रमका अतिथी फिल्म निर्माता बुद्धीप्रसाद हरीपन्तले आफुले बिगतमा वीरगन्जमा बसेर नेपाली चलचित्र निर्माण गर्दा मुख्य कलाकार, साना पात्र, प्रबिधि, स्टुडियो लगायत सबै चिजको लागि काठमाडौंमाथी निर्भर हुनु परेको अनुभव सुनाए ।

यस कार्यशालाले अब उपरान्त वीरगन्जबाट फिल्म बनाउदा यहाँ कलाकार स्थानीय स्तरमैं पाउने बातावरण बनोस भनेर आपेक्षा जनाए ।

वीरगन्ज मेनरोड नेपाली सेनाको बैरेक नजिक रहेको ‘क्लासिक बैंकेट’मा आयोजित कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्रतिष्ठानका कार्यकारणी सभा सदस्य अजमत अलिले आफुहरुले प्रतिभहरुलाई उजागर गर्न खोजेको बताए ।

भारतबाट आएका भोजपुरी अभियानकर्मी निरज मिश्राले शुभकामना दिए । कार्यक्रममा प्रतिष्ठानका कार्यकारणी सभा सदस्यहरु अनिता साह, रितेश त्रिपाठी, रितुराज, अशोक कुशवाहा लगायतको सक्रियाता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *