Categories राजनीति समाचार

जनमत पार्टीद्वारा स्थानीय तहको निर्वाचनमा १८० पालिकामा उम्मेदवारी

Advertisement

वीरगन्ज । सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा १८० पालिकामा उम्मेदवारी दिएको छ।

आइतबार र सोमबार भएको मनोनयनमा जनमत पार्टीले १८० स्थानीय तहहको प्रमुख एवं अध्यक्ष उम्मेदवार खडा गरेको हो। उसले १६१ पालिकामा मात्रै उपप्रमुख एवं उपाध्यक्ष उम्मेदवारी दिएको जनाएको छ।

Advertisement

जनमतले १२१९ वटा वडाको अध्यक्ष दाबेदारी प्रस्तुत गरेको छ। जनमत पार्टीबाट वैशाख ३० गते हुने चुनावमा जम्मा ५ हजार सात सय ७८ जनाले उम्मेदवारी दिएको छ।

Advertisement

मधेसलाई छुट्टै देश बनाउने भन्दै अभियान थालेका राउत तीन वर्षअघि सरकारकासँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएका थिए। उनले आफ्नो पार्टी मधेसको पहिलो शक्तिका रुपमा उदाउने दाबी गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *