Rato Pana
समाचार

वीरगञ्ज-२५ मा चतुर्वेदी प्रति जनलहर बढ्दै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्त्वेदी प्रति जनलहर बढ्दै गएको छ ।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार चतुर्वेदीलाई जिताउन स्थानीयहरुले आफै भोट माग्न थालेका हुन् ।

बिहिबार जसपाको भातृ संगठन समाजवादी महिला संघकी मधेश प्रदेश उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयहरुले वडाको विकास युवाहरुले मात्र गर्न सक्ने बताउँदै चतुर्वेदीलाई जिताउने बताएका थिए ।

वडावासीले यसअघि निर्वाचित भएर आएका जनप्रतिनिधिले विकासभन्दा पनि कार्यकर्ता र आफ्ना आसेपासेलाई मात्र सहयोग गरेको बताउँदै युवा नेता आशुतोष चतुर्वेदीलाई जिताउने बताए ।

सम्वन्धित समाचार

Leave a Comment