Categories समाचार

उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिन आग्रह

Advertisement

काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिन आग्रह गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर कतिपय उम्मेदवारको मनोनयन फिर्ता लिन धरपकड भइरहेका सूचना आयोगमा आएको उल्लेख गरेका छन्।

Advertisement

‘स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले भनेको छ।

Advertisement

संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन उम्मेदवारी दर्ता गर्न निर्वाचित र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार रहेको आयोगको भनाइ छ।

‘यस्ता अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने गतिविधि जुनसुकै प्रकृति र मात्राका भए पनि त्यसले संविधान, कानून र लोकतन्त्रमाथि आघात पुयाउने भएकोले यस्ता हर्कत् नगर्न/नगराउन आयोग सरोकारवालाहरु सबै प्रति आग्रह गर्दछ,’ आयोगले भनेको छ।

बागी उम्मेदवारी दिएकाहरूलाई विभिन्न दलले आज अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता गर्न निर्देशन नै जारी गरेका छन्। सत्तागठबन्धनले पनि बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आज आग्रह गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *