Categories समाचार

वाणिज्य बैंकका स्थायी कर्मचारीमात्र सामाजिक सुरक्षामा

Advertisement

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले करार, इन्टर्न, आउटसोर्स तथा स्थायी नभएका अन्य श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा नल्याएको पाइएको छ। बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा योजनालाई ऐच्छिक बनाउनुपर्ने माग गरिरहेका बेला नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको अध्ययनले बैंकमा स्थायी अमिकमात्र कर्मचारी विनियमावली बमोजिमको सामाजिक सुरक्षा पाउने अवस्थामा रहेको जनाएको छ।

महासंघले सार्वजनिक गरेको वाणिज्य बैंकमा सामाजिक सुरक्षाको अवस्था विषयक अध्ययन प्रतिवेदनमा ठूलो संख्याका करार, तालिमी र आउटसोर्स तथा स्थायी सर नभएका अन्य श्रमिकहरूलाई बैंक विनियमावलीले सामाजिक सुरक्षाका लागि संरक्षण नगरेको उल्लेख छ ।

Advertisement

प्रतिवेदन सार्वजनिक गर्दै जिफन्टका अध्यक्ष विनोद १ श्रेष्ठले सामाजिक सुरक्षा प्रणालीले सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरेको भए पनि बैंकको विनियमावलीमा दिइएको सुविधा मूलतः स्थायी भएको श्रमिकमा केन्द्रित रहेको बताए ।

Advertisement

आजको कारोबार दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *