Categories समाचार

नेकपा माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारबीच झडप

Advertisement

रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारबीच झडप भएको छ । त्रिवेणी गाउँपालिका–१ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षबीच झडप भएको हो ।

मंगलबार बिहान भएको झडपमा ६ जना घाइते भएका छन् । घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टीकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन्  । घाइतेमध्ये धर्मेन्द्र, जीवन र टीकाजंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  ।

Advertisement

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार उनीहरूलाई नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको छ  ।

Advertisement

सुन्दरले माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए  । उनी माओवादी केन्द्रका त्रिवेणी गाउँपालिका उपाध्यक्षसमेत थिए  । बागी उम्मेदवारी दिएका कारण पार्टीले ६ महिनाका लागि निलम्बन गरिसकेको छ  ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *