Categories हाइलाइट-समाचार

मिदी प्रहरी भन्दै सामाजिक सञ्जालमा भाइरल बनेका रेग्मी पक्राउ

कपिलवस्तु : पदको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत् अपराध गर्न उक्साएको भन्दै म्यादी प्रहरी नवराज रेग्मी पक्राउ परेका छन्।

सामाजिक सञ्जालमार्तफ् कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल बनेका थिए। उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तुका जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

Advertisement

उनका अनुसार म्यादी प्रहरी रेग्मीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाइने छ। उनी समाजिक सामाजिक सञ्जालमार्तफ् तेरो दाइ मिदी प्रहरीमा भर्ना भइसकेको भन्दै भिडियो बनाएर भाइरल भएका थिए ।

Advertisement

‘निज नवराज रेग्मीलाई मंगलबार नै नियन्त्रणमा लिएका हौं। अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी छ,’ एसपी कार्कीले भने।

केही दिनअघि म्यादी प्रहरीको पहिरनमा टिकटक बनाएकी एक युवतीलाई प्रहरीले कारबाही गरेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *