Categories समाचार

‘मिदि प्रहरी’भन्दै भाइरल भएका युवकमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार मुद्दा

Advertisement

काठमाडौं । म्यादी प्रहरीको ड्रेस लगाएर भाइरल भिडियो बनाउने युवकमाथि प्रहरीले अनुसन्धान थालेको छ। कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १७ वर्षीय नवराज रेग्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।

उनीमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

Advertisement

जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान भइरहेको र अनुसन्धान पछि मुद्दा दायर हुने कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए।

Advertisement

प्रहरीले उनका फुपूका छोरा पुरण भट्टराईलाई समेत नियन्त्रणमा लिएको छ । उनी स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी बनेका थिए।

उनलाई आफ्नो ड्रेसको हिफाजत गर्न नसकेकोले नियन्त्रणमा लिएर उनीमाथि पनि अनुसन्धान भइरहेको एसपी कार्कीले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *