Categories समाचार

वडा नम्बर ११ मा जनता समाजवादी पार्टी (जसपा) को घरदैलो सम्पन्न

Advertisement

वीरगञ्ज, २७ बैशाख ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जनता समाजवादी पार्टी (जसपा) को घरदैलो सम्पन्न भएको छ ।

वीरगञ्जको श्रीपुर धर्मशालाबाट जसपाको वडाअध्यक्षका उम्मेदवार अजय चौरसियाको नेतृत्वमा घरदैलो शुरु भएको हो । करिब ५ सय जना वडाबासीको उपस्थितीमा भएको घरदैलो मुर्ली चौक, त्रिमुर्ती चौक, हुँदै रानिघाटसम्म पुगेर टुंगिएको थियो ।

Advertisement

घरदैलोका क्रममा जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिंहले पनि वडाबासीसँग भोटको अपिल गरेका छन् ।

Advertisement

वडा नम्बर ११ का बासिन्दाले पनि सिंहलाई नै भोट दिने प्रतिक्रिया दिएका छन् । वीरगञ्जको बिकास र परिवर्तनका लागि र सुशासन कायम गर्नका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन घरदैलोका क्रममा आग्रह गरिएको छ ।

घरदैलोका क्रममा जसपाका स्थानीय नेताहरु जगन महतो, अजिम हवारी, वकिल हवारी, शनि महतो, जसपा इकाई अध्यक्ष पर्सन महतो, बिनोद महतो धानुक, बाबुलाल साह लगायतको उल्लेख्य उपस्थिती रहेको जसपाका युवा नेता निरज पाण्डेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *