Categories राजनीति समाचार

मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप, ४ जना घाइते ।

Advertisement

प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप भएको छ । बुधबार सत्तारुढ गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

झडपामा परी चार जना घाइते भएका छन् । घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मर्स्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् ।

Advertisement

घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ ।

Advertisement

गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *