Categories समाचार

पर्सा : मतदान गर्ने समय ७ बजे रहेपनि बिहानैदेखि लाइनमा ।

Advertisement

वीरगन्ज । स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ ।                  

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । 

Advertisement

पर्सामा भने मतदान गर्न मतदाताहरु विहान ५ बजे देखि लाइनमा बसेका छन। मतदान गर्ने समय बिहान ७ बजे देखि बेलुकीको ५ बजे सम्म रहेपनी पर्साका विभिन्न मतदान केन्द्र बिहानैदेखि भरिभराउ देखिएको छ । स्थानीय तह निर्वाचनमा आफ्नै गाउँ ठाउँको लागि आफ्नै स्थानीय मध्येका प्रतिनिधि छान्न उत्सुक रहेको ले आफुहरु बिहानैदेखि लाइनमा लागेको मतदाताहरु बताउनुहुन्छ ।

Advertisement

देशभर पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *