Categories राजनीति समाचार

बिरगंज महानगर २४ का नवनिर्वाचित अध्यक्ष पटेलले पदभार सम्हाले संगै वाचा पुरा गर्न अग्रसर

Advertisement

श्याम सरार्फ

पर्सा । बिरगंज महानगरपालिका वडा नं २४ का नवनिर्वाचित वडा अध्यक्ष बिजय पटेलले पदभार सम्हालेका छन् ।

Advertisement

हिजो बिहिबार महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहबाट सपथ खाएका नवनिर्वाचित वडा अध्यक्ष पटेल ले आज शुक्रबार बिहान वडा कार्यालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

Advertisement

पहिलाको गाविस भवनमा सञ्चालनमा रहेको वडा कार्यालय पुर्व वडा अध्यक्षले विभिन्न समस्या देखाउदै आफू पायक पर्ने ठाउँमा वडा कार्यालय सारेका थिए । साबिकको दुई गाउँ र पछि रानीघाट नयाँ बस्तीलाई गाभेर वडा नं २४ बनेको हो ।

कामकाज गराउन सबलाइ पायक पर्ने ठाउँमा कार्यालय राख्न चुनाव अगाडि नै प्रतिबद्धता जनाएका नवनिर्वाचित अध्यक्ष पटेल पहिलाको गाविस भवन र हाल स्वास्थ चौकी सञ्चालन रहेको भवनको ठिक सामुन्ने भाडाको भवनमा कार्यालय व्यवस्थापन गरि वाचा पुरा गर्दै पदभार सम्हालेका छन ।

नवनिर्वाचित वडा अध्यक्ष पटेलले कार्यक्रमलाई सम्बोधन गर्दै वडाकाे समग्र विकास, जनताको माग र आवश्यकताको आधारमा काम गर्ने प्रतिबद्धता गर्नुभयो ।

वडा सचिव घनश्याम प्रसाद कुर्मीको सभापतित्वमा समपन्न सो कार्यक्रममा प्रमुख अतिथी प्रदेश सदस्य रमेश कुर्मी बिशिष्ट अतिथि डा. आनन्द द्धिबेदी , मदन प्रसाद कुर्मी रामराज यादब, शिवशंकर द्धिबेदी लगाएतका अतिथीहरु रहनुभएको थियो ।

स्वागत मन्तब्य उमाशंकर द्धिबेदीले दिएका थिए भने कार्यक्रम संचालन बिरभुषन पटेल गर्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *