Categories हाइलाइट-समाचार

जोमसोमको लागि उडेको जहाज सम्पर्कविहिन

Advertisement

कास्की । सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै सम्पर्कमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्की अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेका थिए । यसअघि १९ जना मात्रै रहेको बुझिएको थियो ।

Advertisement

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको (९ एन एईटी) विमान २० मिनेटमा जोमसोम पुग्नुपर्ने थियो । तर एक घण्टामा पनि जोमसोम पुग्न सकेको छैन ।

Advertisement

अहिले मौसम पनि प्रतिकुल रहेको जनाइएको छ । विमान खोजिका लागि सम्पूर्ण प्रयासहरु जारी छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *