Categories समाचार

दुइ दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सन्चालनमा ल्याउने घोषणा

Advertisement

वीरगन्ज । दुइ दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सरकारले सन्चालनमा ल्याउने घोषणा गरेको छ ।

आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्द भइ रुंग्ण अवस्थामा पुगिसकेको वीरगन्ज चिनी कारखाना ,सरकारले पुर्नसंचालनमा ल्याउने घोषणा गरेका हुन् । यसका साथै बन्द रहेको वीरगन्जको कृृषि औजार कारखाना पनि सन्चालनमा ल्याउने कार्यक्रम बजेटमा समेटिएको अर्थमन्त्री शर्माले बताए ।

Advertisement

लामो समय देखि बन्द भइ रुग्ण अवस्थामा रहेका वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना उपयुक्त ढाँचामा सन्चालनमा ल्याइने अर्थमन्त्री शर्माले बताए । तर कुन ढाँचामा सन्चालन गर्ने भन्ने विषयमा बजेटमा खुलाइएको छैन ।

Advertisement

पर्सा , बारा र रौतहटका झण्डै २० हजार किसानलाइ पाल्दै आएको वीरगन्ज चिनी कारखाना बन्द भएको दुइ दशक भइसकेको छ ।
तत्कालीन सोभियत संघ रुसको आर्थिक सहयोगमा नेपाल सरकारले २०२१ साल देखि सन्चालनमा ल्याएको वीरगन्ज चीनी कारखाना २०५९ सालमा बन्द भएको हो ।

तात्कालीन शाही सरकारले चिनी कारखाना घाटामा गएको भदै २०५९ साल फागुन १६ गते कारखाना बन्द गर्ने निर्णय गरेको थियो । यस्तै कृृषि औजार कारखाना पनि दुइ दशक देखि नै बन्द छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *