Categories समाचार

दुवैले एकअर्कासँग माफी मागेपछि सहमति ।

काठमाडौं : कबड्डी कबड्डी फिल्मकी अभिनेत्रीमाथि दुर्व्यवहार गरेको आरोप खेपेका फुर्पा तामाङले माफी मागेका छन्। मंगलबार दुई पक्षबीच भएको भेटघाटमा फुर्पाले माफी मागेको जारी विज्ञप्तिमा उल्लेख छ।

‘मिति २०७९ जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफ गरेकी छन्,’ विज्ञप्तिमा भनिएको छ।

Advertisement

साक्षीको रुपमा रहेका कबड्डी कबड्डीका निर्माण टोलीका तर्फबाट रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर र पशुपति राई रहेका छन्। फुर्पाको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के र हिस्से लुन्डुप लामा रहेका छन्।

Advertisement

अभिनेत्रफी मगरले पनि घटनाबाट बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छन्। दुई पक्षबीच विवाद नगर्ने र एक अर्कालाई अनावश्यक टीकाटीप्पणीसमेत नगर्ने सहमति भएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *