Categories समाचार

पर्साको ग्रामीण भेगमा चोरहरुको बिगबिगी , पर्सा प्रहरी मुकदर्शक ।

Advertisement

वीरगन्ज । वर्षायाम सुरु हुन लगतै पर्सा जिल्लाको ग्रामीण भेगहरुमा चोरीको घटनाहरू बढ्न थालेका छन् । पकहामैनपुर गाउँपालिकाको मधुबनीमा आज राती लगभग ३ बजेको समयमा एक जनाको घर अगाडीको चपाकलबाट पानी तान्ने मोटर खोल्न लाग्दा घरबाट मानिस थाह पाई बाहिर आउँदा घर अगाडी राखिएको कुर्सी लिएर चोरहरुले भागेका थिए ।

घरबाट निस्केकाहरु चोरहरुको पछाडि होहल्ला गरी दौडदै गर्दा चोरहरुले बाटोमा कुर्सी फाली गाउँ बाहिर रोकी राखेको मोटरसाइकल चढी चोरहरु भाग्न सफल भएको गाउँलेहरुले बताएका छन् । 

Advertisement

पकहामैनपुर गाउँपालिकाको मधुबनीमा गत हप्ता एकजनाको घरबाट चपाकलमा जडान गरीएको पानी तान्ने मोटर चोरी भएको थियो भने त्यसको २/३ पछि फेरि एक जनाको  पानी तान्ने मोटर चोरी भएको थियो । यस्ता चोरीको घटनाहरू बढ्न थाले पक्षी स्थानियहरुले आफुहरूलाई असुरक्षित महसुस गर्न थालेका छन र प्रहरी कहाँ सुरक्षाको मांग गरेका छन् । 

Advertisement

यति मात्र नभइ मधुबनीबाट नै फेरि केही दिन अगाडी क्रसरमा राति बालुवा लोड गरी राखिएको ट्रयाकटरबाट बैटरी चोरहरुले चोर्न सफल भएका थिए । क्रसर नजिक नै एक जनाको घरबाट साइकल चोरी गरेका थिए ।

साथै पर्साको ठोरी गाउँपालिकामा पनि केही दिन अगाडि यस्तै प्रकृतिका घटनाहरू दैनिक जसो हुने गरेपछि स्थानीयहरू आजित भएका छन् । ठोरी गाउँपालिकामा एकै दिन दुइटा विद्यालयमा चोरी भएको थियो । यस्ता चोरीका घटनाहरु बढी रहदाँ पनि अहिले सम्म पर्सा प्रहरीले यस्ता चोरीमा संलग्न एक जना लाई पक्राउ गर्न सकेको छैन । 

चोरीका घटनाक्रमहरु बढी रहेको समयमा प्रहरीको गस्ती फितलो हुनु भन्दै स्थानीयले आक्रोश समेत व्यक्त गरेका छन् । चोरीका घटनाहरु बढ्न थालेपछि स्थानीयले जिल्ला प्रहरी कर्यालय पर्सासंग सुरक्षाका माग गर्न गरेका छन् । एक महिना देखि पर्सा जिल्लाको ग्रामीण भेगहरुमा मोटर , बैटरी , साइकल  लगायतको सामानहरूको चोरी भईरहेको भन्दै स्थानीयले सुरक्षाको माग गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *