Categories समाचार

छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु

Advertisement

रुपन्देही । रुपन्देही र पूर्वी नवलपरासीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर रुपन्देहीको सैनामैना नगरपालिका –७ देवीटोलका ५५ वर्षीय इन्द्रबहादुर काउछा र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –३ निवासी ६५ वर्षीय केशवबहादुर मल्लको मृत्यु भएको हो ।

रुपन्देहीका काउछाको आफ्नो बंगुर फर्ममा सफा गर्ने क्रमममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाको छ । प्रहरीका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

त्यस्तै, नवलपरासीका मल्लको वडा नम्वर ४ झ्यालबास स्थित खेतमा पानी लगाउने क्रममा पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *