Categories समाचार

जसपाको विधान सम्मेलन स्थगित

Advertisement

काठमाडौँ । आन्तरिक विवाद बढेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को विधान सम्मेलन स्थगित भएको छ ।

असार २ गतेका लागि यसअघि नै तोकिएको विधान सम्मेलन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

Advertisement

‘अर्को सूचना नभएसम्मका लागि विधान सम्मेलन अहिलेका लागि स्थगित भएको छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले भने ।

Advertisement

उनका अनुसार अध्यक्ष यादवसहित सङ्‍घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नयाँ मिति तय गर्ने जिम्मेवारी दिइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *