Categories समाचार

नेपाल सन् २०१९ मै एसपीपीमा सहभागी भएको थियो

Advertisement

काठमाडौं । नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ।

नेपालले सन् २०१५ र २०१७ मा उक्त कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेपछि अमेरिकाले सन् २०१९ मा नेपालको प्रस्ताव स्वीकार गरेको र त्यससँगै नेपाल एसपीपीमा सहभागी बनेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। उक्त समय नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

Advertisement

‘यो अमेरिकाले अघि बढाएको कार्यक्रममा होइन। यसमा सहभागी हुन नेपालका तर्फबाट दुईपटकसम्म प्रस्ताव आएको थियो । त्यसलाई अमेरिकाले सन् २०१९ मा स्वीकार गरेको हो,’ अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकालरले भने।

Advertisement

नेपालस्थित अमेरिकी दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कार्यक्रममा सहभागी हुन अमेरिकाले आफै प्रस्ताव नगर्ने तर प्रस्ताव आए त्यो स्वीकृत हुने उल्लेख छ।

कूटनीतिक स्रोतका अनुसार एसपीपीमा सहभागी हुन नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सन् २०१५ र २०१७ मा अमेरिकालाई पत्र लेखेका थिए ।

यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *