Categories समाचार

४ किलो लागूऔषध गाँजासहित ६८ वर्षीय वृद्ध पक्राउ

Advertisement

वीरगञ्ज । लागूऔषध गाँजासहित पर्साबाट एकजना वृद्ध पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा न- ४ अकुवा टोल बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार रहेको प्रहरीले जनाएको छ । 

Advertisement

अकुवा टोलमा अवैध रुपमा लागूऔषध गाँजा विक्री वितरण भइरहेको विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले मंगलबार पञ्जियारलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो । उनि आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

पञ्जियारको साथबाट प्रहरीले ४ किलो ३ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताउनुभयो ।

प्रहरीले उनीमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको डिएसपी खनालले जानकारी दिनुभयो ।

अबैध गाँजा सहित ६८ वर्षीय रामेश्वर पञ्जियार
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *