Categories समाचार

सवारी दुर्घटनामा परि घाइते भएका वडा सदस्य यादवकाे निधन

Advertisement

वीरगंज । सवारी दुर्घटनामा परि घाइते भएका वीरगंज महानगरपालिकाकाे वडा नं. २४ का वडा सदस्य ३७ बर्षिय कृष्ण कुमार यादव (सन्त) काे मंगलबार राति निधन भएकाे छ । 

जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाइनस्थित कान्तिलोकपथ सडक खण्डमा सवारी दुर्घटना परी घाइते भएका यादवकाे निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना रहेका यादवलाई मंगलबार राति थप उपचारकाे लागि काठमाडाैं लग्ने क्रममा बाटाे मै निधन भएकाे थियाे ।

Advertisement

यादव जनता समाजवादी पार्टी (जसपा) बाट स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित भएका थिए ।

Advertisement

वीरगंज महानगरपालिकाकाे कार्यपालिका सदस्यको निर्वाचनकाे दिन मकवानपुरबाट वीरगंज आउने क्रममा यादवसहित आधा दर्जन नवनिर्वाचित जनप्रतिनिधिहरु सवारी दुर्घटनामा परी घाइते भएका थिए । 

कान्तिलोकपथ सडक खण्डमा जिपलाइनबाट गढीतर्फ आउँदै गरेको ना ४ च ६४३६ नम्बरकाे बोलेरो पिकअप गाडी अनियन्त्रीत भई दुर्घटना भएको थियो । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *