Categories समाचार

३८ वर्षीय पौडेलको हत्या अभियोगमा पक्राउ परेका १२ जना कारगार चलान

Advertisement

वीरगन्ज । बाराको वडा नम्बर ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्याको अभियोगमा पक्राउ परेका १२ जनालाइ प्रहरीले कारगार चलान गरेको छ ।

वडा नम्बर ६ नगौलका चित्रबहादुर क्षत्रीको घरमा स्थानीय तह निर्वाचनका दिन राकेशभक्तको हत्या भएको थियो । हत्या अभियोग लागेका १२ जनालाई वीरगन्ज कारागारमा चलान गरिएको छ भने एक जना नाबालिगलाई वीरगन्जकै बालसुधार गृह पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Advertisement

गत बैशाख ३० गते नगौल स्थित चित्रबहादुर क्षत्रीको घरमा आफ्ना छोरा राकेशभक्त पौडेललाई कुटेर हत्या गरेको अभियोगमा बुबा चिरञ्जीवी पौडेलले प्रहरीमा जाहेरी दिएका थिए ।जाहेरी अनुसार मुद्दाबारे अनुसन्धान पूरा गरी बारा जिल्ला अदालत पेस गरिएकामा अदालतको आदेशअनुसार अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बारा प्रहरीले जनाएको छ ।

Advertisement

कारगार चलान गरिएकाहरुमा जितपुरसिमरा उमनपा वडा नंबर ६ नगौलका २६ वर्षिय सन्दिप थापा।, वडा नंबर २ फूलबारी टोलका ४२ वर्षिय खगेन्द्र रिजाल, वडा नंबर २ कै सम्झौता टोलका ३५ वर्षिय उद्धव अधिकारी, वडा नंबर ३ बजनी बलुवा टोलका ४८ वर्षिय अर्जुन चिमरिया भन्ने बलराम प्रसाद चिमरिया, वडा नंबर ६ नगौल टोलका ५० वर्षिय चित्र बहादुर क्षेत्री, त्यही टोलका २४ वर्षिय सुजन भन्ने सुमन लामा, वडा नंबर ६ रामवन टाडीका २६ वर्षिय राजु अधिकारी रहेका छन् ।

यस्तै वडा नंबर ३ शिव मन्दिर टोलका ३४ वर्षिय मसिने मगर भन्ने कुमार मगर, नगौल टोलका २६ वर्षिय सुदीप घिमिरे, रामवन टाँडी टोलका २६ वर्षिय सन्तोष खत्री, नगौल टोलका ५० वर्षिय दुर्गादेवी खत्री र ५० वर्षिय सन्ते बछारलाइ पनि वीरगन्ज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाका अनुसार चुनावको अघिल्लो रात बैशाख २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेरकै क्रममा राकेशभक्तको हत्या भएको थियो ।

चित्रबहादुर , नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ६ को वडा सदस्य पदको लागि उम्मेदवार थिए । तर उनी चुनावमा पराजित भए । उनैलाई नै जिताउन मृतक राकेशभक्ता सहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *