Categories समाचार

जसपाका दुवै पक्षको पार्टी एकीकरण गर्न लोसपासँग प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्।

एकीकरणका लागि जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन् ।

Advertisement

कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन् ।

Advertisement

यादवनिकट दोस्रो तहका नेताहरूले पनि लोसपाका नेताहरूसँग छुट्टै कुराकानी गरेका छन् ।

केही दिनअघि भट्टराईले लोसपाका शीर्ष नेता राजेन्द्र महतोसँग कुराकानी गरेका थिए। उक्त कुराकानीमा पार्टी एकीकरण गर्न भट्टराईले प्रस्ताव गरेका थिए ।

भट्टराई र उनी पक्षीय नेता राजकिशोर यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्न समय मागेको ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए।

मिश्रका अनुसार आजभोलि नै भेटघाट हुने सम्भावना छ।

लोसपाका नेताहरूयादव पक्षसँग भन्दा भट्टराई पक्षसँग पार्टी एकीकरण गर्न इच्छुक देखिएका छन्।

यो खबर आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *