Categories समाचार समाज

लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको ७ दिने अभियान भोलिदेखि शुरु

Advertisement

वीरगञ्ज । सामाजिक संस्था सानो पाइलाद्वारा लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको ७ दिने अभियान भोलि ( आइतबार ) देखि शुरु हुदैँ छ।

लागु पदार्थ  प्रयोग रोकथाम र नियन्त्रण तथा दुर्व्यसनमा फसेकाहरूको उद्दार, उपचार एवम्‌ समाजमा उनीहरूको पुनर्स्थापना सानो पाइलाले गर्दै आएको प्रमुख मध्येको एक काम हो। सन २००७ देखिनै विभिन्न जिल्लामा स्कूल अफ रिकभरी एण्ड रिफर्मेसन नाउँको पुनर्स्थापना केन्द्र संचालनमा रहेको छ।

Advertisement

पुनर्स्थापना केन्द्रमार्फत लागु पदार्थ रोकथाम, नियन्त्रण तथा पुनर्स्थापनाका क्षेत्रमा वर्षैभरि नियमित कार्यक्रम गर्दै आएको सानो पाइलाले अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा यो वर्ष पनि अतिरिक्त कार्यक्रम आयोजना गर्दैछ। यो दिवसका अवसरमा साताव्यापी विशेष गतिविधि संचालन गर्न गइरहेको  छ । अर्थात अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस, २६ जुन भोलि (आइतबार ) देखि कार्यक्रमहरू सुरु हुनेछन्‌।

Advertisement

साताव्यापी कार्यक्रमलाई  ‘लागुऔषध सेवन तथा ओसारपसार विरुद्धको ७ दिने अभियान’ नाम दिइएको छ। कार्यक्रम अन्तर्गत पहिलो दिन अर्थात २६ जुनमा समुद्घाटन समारोह तथा सचेतना रैली निकालिने योजना छ । कार्यक्रम विहान ७ बजे वीरगञ्जको घण्टाघरबाट सुरुआत हुनेछ।

२७ जुनमा ‘सामाजिक सुधारमा सँगसँगै’ नाराका साथ प्रहरीको टोलीसँग मैत्रिपूर्ण क्रिकेट खेलिनेछ जसमा लागु पदार्थका
पूर्वप्रयोगकर्ता, पुनर्स्थापना केन्द्र र सानो पाइलाका कर्मचारी/पदाधिकारीले आयोजकका तर्फबाट खेल्नेछन्‌। खेल एसपी
अफिसको मैदानमा विहान ७ बजेदेखि सुरु हुने बताइएको छ।

२८ जुनलाई सूचना दिने दिनकारूपमा रहने र यो दिन घण्टाघर, माइस्थान र बसपार्कमा युवा तथा किशोरहरूलाई लक्षित गरी सडक नाटक र सूचना डेस्क संचालन गरिनेछ।

२९ जुन वीरगञ्जस्थित कारागारमा अन्तर्क्रिया कार्यक्रम संचालन हुनेछ। जसमा लागु पदार्थ प्रयोगकर्ता र पूर्वप्रयोगकर्ताका परिवारका सदस्य तथा पूर्वदोषीहरूको सहभागिता रहने जनाइएको छ।

३० जुन वीरगञ्ज र पोखरियाका विद्यालयमा लागु पदार्थ विरुद्ध साझेदारी गरिने जसको मुख्य उद्देश्य विद्यार्थीलाई लागु पदार्थको कुलतमा फस्र नदिन जागरूकता ल्याउने रहेको छ ।

जुलाई १ मा “स्वास्थ्य र मानवीय संकटमा लागु पदार्थका चुनौतिको संबोधन’ शीर्षकमा अन्तरविद्यालय वक्तृत्वकला आयोजना गरिनेछ। यो नेशनल ईन्फोटेक कलेज वीरगञ्जमा हुने कार्यतालिका तैयार गरिएको छ।

अन्तिम दिन अर्थात २ जुलाई दीप प्रज्वलनको कार्यक्रम रहेको छ। अन्तिम दिन सम्भव भएसम्म “नशामा होइन, संगीतमा
झुमौं’ भन्ने थिमसहित आदर्शनगरमा सांगीतिक कार्यक्रम अथवा लागुऔषध दुव्र्यसन तथा ओसारपसार विरुद्ध अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै साताव्यापी कार्यक्रम समापन गर्ने तालिका रहेको सानो पाइलाका विवेक कर्णले जानकारी गराउनु भयो ।

लागु पदार्थसम्बन्धि समस्या कसैको पनि व्यक्तिगत समस्या मात्र होइन। यो सिंगो समाजकै समस्या हो। यसका लागि
समाजका हरेक जिम्मेवार व्यक्तिले आफूसँग पनि जोडिएको समस्या ठानेर समाधानमा पहल गर्न आवश्यक छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *