Categories समाचार

हतियार सहित तीन भारतीय नागरिक पक्राउ

Advertisement

वीरगन्ज । धनुषाबाट सशस्त्र प्रहरीले हतियार सहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

धनुषाको विदेह नगगरपालिका वडा नम्बर १ महिनाथपुरबाट सोमबार सशस्त्र प्रहरीले हतियार सहित तीन जना भारतीय ययुवकलाइ पक्राउ गरेको हो ।जनकपुरबाट भारततर्फ जाँदै गरेको बीआर ०६ एपी ३००८ नम्बरको कारमा सवार उनीहरुलाई महिनाथपुरबाट हतियार सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेहरुमा भारतको बिहार प्रान्तको मुजफ्फरपुर ७ साहेबगन्ज निवासी २९ वर्षीय राहुल रन्जन, २० वर्षीय उज्वल कुमार र २६ वर्षीय सन्जय कुमार छन् ।उनीहरु सवार कारबाट मेड इन यूएसए लेखिएको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीले जानकारी दिए ।

Advertisement

हतियारसहित पक्राउ परेका भारततीयहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *