पर्सा । वीरगन्ज स्थित मानव सेवा आश्रमले ९ महिना पहिले सडकबाट गर्भवती अवस्थामा उद्धार गरेको महिलालाइ जन्मिएको बच्चा सहित उनको परिवार खोजेर बिहीबार जिम्मा लगाएर घर पठाएको छ ।
गत असोज १२ गते अर्थात ९ महिना पहिले धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी भन्ने स्थानबाट कमजोर मानसिक अवस्थामा रहेकी गर्भवति महिलालाइ आश्रमको टोलीले उद्धार गरि वीरगन्ज स्थित आश्रममा ल्याएर राखेको थियो ।
भारतको बिहार स्थित दरभंगा जिल्ला कुसेश्वर ३ का रबिन्द्र मुखियाकी पत्नि रहेकी रिना देवीलाइ धनुषाबाट उद्धाार गरि आश्रममा ल्याएर राखिएको थियो । तर त्यस बेला मानसिक अवस्था ठिक नभएका कारण रिनाले आफनो परिचय र ठेगाना बताउन सकेकी थिइनन् ।
त्यस बेला उनलाइ प्रभु हस्पिटलमा भर्ना गरेर उपचाार गर्ने क्रममा रिनाले छोरालाई जन्म दिएकी थिइन् । उनको डाक्टर लक्ष्मी थापा र भरत गोइतले निशुल्क उपचार गरेका थिए । स्वास्थ्य अवस्था पूर्ण रुपमा ठीक भएपछि आमा र बच्चा दुवैलाइ ४ दिन पपछि अस्पतालबाट डिस्चार्ज गरि पुन आश्रममै ल्याएर राखिएको थियो ।
डाक्टर गोइतको निरन्तर उपचार पछि रिनाको मानसिक अवस्था पूर्ण रुपममा ठिक भएपछि उनले आफनो नाम , ठेगाना र पतिको नाम बताएपछि परिवारलाइ खबर गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले बताए । बिहीबार उनका पति आश्रममै आएपछि आमा र छोरा दुवैलाइ जिम्मा लगाएर पठाइएको थारुले बताए ।
त्यस अवसरमा मानव सेवा आश्रमका संरक्षक समेत रहेका थारु, आश्रमका मधेश प्रदेश प्रमुख देवेश गुप्ता, आश्रमकी वीरगन्ज प्रमुख सानु माया गुरुंगको पनि उपस्थिती रहेको थियो ।







