वीरगन्ज । पर्सा प्रहरीले बैंकिङ कसूर मुद्दाका एक फरार कसूरदारलाई पक्राउ गरेको छ।
२०७६।०३।०७ गते जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.४ बस्ने तिलकराम गुप्ताले संचालन गरेको मारुति नन्दन एग्रो इण्डट्रिज प्रा.लि.बाट जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१ घरभएको र हाल जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.४ गढीमाई सप्लायर्सका संचालक ४९ वर्षिय दशरथ ठाकुर हजामले रू.४५,००,०००।– ( पैतालिस लाख) को उधारो कारोवार गरी फरार रहेका थिए ।
गुप्ताको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हाल जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.४ गढीमाई सप्लायर्सका संचालक हजामलाई उच्च अदालत पाटन हेटौडा ईजलास संयुक्त वाणिज्य ईजलासबाट रू.१२,२६,०००।– ( बाह्र लाख छबीस हजार) जरिवाना र दिन ७ कैद तोकिएको थियो ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले यहीँ १५ गते ( बुधबार ) १९;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१ छप्कैया बाट पक्राउ गरी हिजो ( बिहीबार ) पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।







