Categories समाचार

एनसेल लक्की ड्र मार्फत ठगी गरेको आरोपमा ६५ बर्षका सहनी पक्राउ

Advertisement

पर्सा । चिठ्ठा परेको भन्दै ठगी गरेका एक जना अपराधीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । एनसेल लक्की ड्र मार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १  बस्ने लगभग ६५ बर्षका गणेश सहनी भनिने गणेश चौधरी रहेका छन् ।

Advertisement

बाग्लुङ जिल्ला पाण्डवखानी गा.बि.स. वडा नम्बर १ मा स्थाई घर भएकी २५ बर्षिय रिता श्रेष्ठ संग चिठ्ठा परेको भनी चौधरीले ठगी गरेका हुन । ठगिएकी श्रेष्ठ हाल कास्की जिल्लाको पोखरा उपमहानगरपालिका वडा नम्बर १६ मा बस्दै आएकी पनि प्रहरीले जनाए ।

Advertisement

संगठित अपराधमा संलग्न समेत रहेका चौधरीले ठगी गरे पछि पिडित श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बनाई सम्मनित अदालत बिरगंजको मिति २०७३ साल असार महिना २९ गते तथा उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंजको २०७५ जेठ महिना ८ गतेका दिन फैसलाले एक बर्ष कैद पाँच हजार रुपैया सजाए तोकिएको थियो ।

उक्त फैसलालाई कार्यान्पयनका लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीाट खटिएको बिशेष टोलीले असार १७ गते आरोपित चौधरीलाई उन कै घरबाट पक्राउ गरी जिल्ला अदालमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले बताउनु भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *