Categories समाचार

मधेसमा अवैध हतियारको त्रास

जनकपुरधाम । समयान्तरमा मधेसमा सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। मधेसी समाज अवैध हतियारको त्रासमा बाँच्न विवश छ। अवैध हतियारको कारोबार नरोकिँदा त्यसको बाछिटाले समाज आक्रान्त बन्दैछ। मधेस मुक्तिका लागि भन्दै गठन भएका सशस्त्र समूहले भित्र्याएका अवैध हतियारलाई अहिले व्यक्तिले कमाइ खाने भाँडो र रिस साँध्ने माध्यम बनाएका छन्।

असार १२ गते– जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकका मनीषकुमार अधिकारीले पत्नीसँग सामान्य विवाद भएपछि पेस्तोेल पड्काए। रिसको झोंकमा उनले घरको छतमा गोली प्रहार गरे। उनकी पत्नीले घरबाट भागेर ज्यान जोगाइन्। गोली चलेको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले ३७ वर्षीय मनीषलाई पेस्तोलसहित समात्यो।

Advertisement

उनको भान्सा कोठामा लुकाइराखेको अवस्थामा गोली लोड गरेको पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए। युएसए लेखिएको स्वाचालित पेस्तोल बरामद भएको क्षेत्रीले जानकारी दिए। मनीषमाथि हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको उनले बताए।

Advertisement
सांकेतिक तस्बिर

याे खबर नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *