Categories समाचार

ठाेरीमा आतंक मच्चाएकाे बाघ एक हप्तापछि नियन्त्रणमा ।

Advertisement

वीरगञ्ज । पर्साकाे ठाेरी १ मा आतंक मच्चाएकाे बाघलाई एक हप्ताकाे प्रयासपछि शनिबार नियन्त्रणमा लिइएकाे छ ।

बाघ नियन्त्रणमा लिन गएकाे १० गतेदेखि प्राविधिक टाेलीका साथै चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि, नेपाली सेना र नेपाल प्रहरीकाे टाेली परिचालित थियाे ।

Advertisement

गाउँ पसेर गाई-बाख्रा, बंगुर, भैंसी लगायतका घरपालुवा जनावर मारेर आतंक मच्चाएकाे बाघकाे गतिविध पत्ता लगाउन ठाउँठाउँमा ट्यापिङका लागि क्यामेरा जडान गरिएकाे थियाे ।

Advertisement

ठाेरी १ काे चाैतारा तथा भगवाननगर क्षेत्रमा बाघले बढी आतंक मच्चाएकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *