बिरगंज । गिरिजा प्रसाद कोइराला फाउन्डेसन पर्सा बिरगंज द्वारा पुर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको ९९ औ जन्मजयन्ती को अवसरमा आज पहिलो दिन नारायणी अस्पतालमा रहेका बिरामी एव कुरुवाहरु लाई फलफुल वितरण गरिएको छ ।
गिरिजा प्रसाद कोईराला फाउंडेशन पर्साद्वारा नारायणी क्षेत्रीय अस्पतालमा रहेका बिरामीहरू लाई १८५/- पॉकेट फलफुलहरु बितरण गरिएको सो कार्यक्रमको अध्यक्षता फाउंडेशनका अध्यक्ष मोहम्मद सहाबुद्दीन तथा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री रहेका थिए भने बिशिष्ट अथितिमा नेपाली कॉंग्रेस नेता श्याम पोखरेल-नेपाली कॉंग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ , अतिथिहरुमा नेका पर्सा उपसभापति अशोक कुमार गुप्ता, प्रबक्ता रमेश पाण्डेय रहेका थिए ।
पुर्वप्रधानमन्त्री कोइराला को जन्मजयन्तीको अवसरमा जिपि फाउन्डेसन ले बिगत झै तीन दिवसिय कार्यक्रम गरि मनाउने क्रममा आज नारायणी अस्पताल का बिरामिहरु लाई फलफुल बितरण गरि मनाइयो भने भोलि आइतबार बिहान मानवसेवा आश्रम बिरगंजमा रहेका लक्ष्मीनारायण र बालगोपालहरुलाई खाना खुवाउने कार्यक्रम रहेको र पर्सि सोमबार ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजमा वृक्षारोपण गरि मनाउने कार्यक्रम रहेको फाउन्डेसनका सचिव धिरज कुमार गुप्ताले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरु , जिपि फाउन्डेसन का पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण फाउंडेशनका सचिव धीरज गुप्ताले गर्नु भएको थियो।







