Categories समाचार

वीरगञ्ज महानगरले गर्यो स्वेत पत्र जारी ( पूर्णपाठ सहित )

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज स्वेत पत्र जारी गरेकाे छ । 

महानगरकाे नेतृत्व लिँदै गर्दा वीरगञ्जकाे अवस्था कस्ताे थियाे भनेर नगरवासीलाई जानकारी दिन स्वेत पत्र सार्वजनिक गरिएकाे नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए । 

Advertisement

महानगरपालिका नयाँ नेतृत्व निर्वाचित भएपछि गएकाे जेठ २३ गते बसेकाे पहिलो बोर्ड बैठकले महानगरको अवस्था बारे जानकारी गराउन स्वेत पत्र पत्र जारी गर्ने निर्णय गरेकाे थियाे ।

Advertisement

स्वेत पत्र तर्जुमाका लागि महानगरपालिकाले पुँजीगत बजेटमा विद्यावारिधी गरेका अर्थविद् डा.दिपेन्द्र चाैधरीकाे संयाेजकत्वमा ७ सदस्यिय समिति बनाएकाे थियाे ।

समितिले स्वेतपत्र तयार गरी असार १५ गते महानगर प्रमुखलाई हस्तान्तरण गरेसँगै महानगरले आइतबार स्वेतपत्र सार्वजनिक गरेकाे हाे ।

वीरगञ्ज महानगरको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्र तथा विभिन्न परियोजनाहरुको वर्तमान अवस्था लगायत विषयलाई स्वेत पत्रले समेटेकाे छ ।

https://sg.docworkspace.com/d/sAABCyAKi1pGqAcuyq6etpxQ

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *