वीरगञ्ज । हत्या अभियोगमा गएको ४ वर्ष भन्दा बढी समयदेखि फरार रहेका वीरगञ्जका एक जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
२०७४ फागुन ३ गते बाराको कलैया ५ बहुअरवा टोलको नहरछेउमा भारत रक्सौलका मनिष कुमारको हत्या अभियोगमा फरार रहँदै आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँका रामजान भन्ने हसमुद्धिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको बिहार जिल्ला मोतिहारी थाना रक्सौल १० का मनिषलाई अन्सारीले घाँटी रेटेर हत्या गरेको भन्दै उनका दाई रोहित कुमारले जाहेरी दिएका थिए ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको विशेष टोलीले अन्सारीलाई पक्राउ गरी थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा कलैया पठाएको छ ।
अन्सारीलाई उनकै टोलबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।







