Categories समाचार

टाट पल्टने अवस्थामा नेपाल आयल निगम

Advertisement

काठमाडौं । देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक निकाय तथा संस्थान टाट पल्टने अवस्थामा पुगेका छन् । यस्तै, अवस्थामा पुगेको छ नेपाल आयल निगम ।

गठबन्धन सरकारमा रहेका दलले आफ्ना बैठकमा यस्ता टाट पल्टन लागेका संस्थानलाई कसरी सुधार गर्ने भन्ने’bout कहिल्यै पनि छलफल गर्दैनन् । न त प्रधानमन्त्री र मन्त्रीहरूले नै यस विषयमा गम्भीरतापूर्वक छलफल गर्छन् । मन्त्रिपरिषद् बैठकमा समेत यस्तो गम्भीर विषयमा सघन छलफल कहिल्यै पनि नहुने गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।

Advertisement

आयल निगमले चालू आर्थिक वर्षको अन्तसम्म निगम झन्डै ५५ अर्ब घाटामा जाने हिसाब देखाएको छ तर निगममा हुने विभिन्न चुहावट र अनियमितता रोक्न भने निगम प्रशासन असफल हुँदै आएको छ ।

Advertisement

उता टाट पल्टन लागेको आयल निगमलाई कुन उपाय लगाएर संरक्षण गर्ने भन्ने विषय सत्तारूढ दलको प्राथमिकतामा कहिल्यै पनि पर्न नसक्दा आयल निगम दिनप्रतिदिन धराशायी हुने अवस्थामा पुगेको हो । सरकारले आयल निगमभित्रै भएको भ्रष्टाचार रोक्न सकेको छैन भने विभिन्न ठाउँमा हु्ने राजस्व छली रोकेर त्यसबाट उठेको रकम आयल निगमका लागि अनुदानमा दिने व्यवस्थासमेत गर्न नसक्दा आयल निगम टाट पल्टने अवस्थामा पुगेको हो ।

यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *