Categories समाचार

भारी परिमाणमा लागु औषध गाँजा सहित भारतीय नागरिक पक्राउ ।

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले भारी परिमाणमा लागु औषध गाँजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आज बिहान अन्दाजी ८:३० बजे जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भैरहेको भन्दै सूचनाको अधारमा तिनहरुलाइ पक्राउ गरिएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वडा नं.२१ परवानीपुर सडकखण्डमा UP21AN 9957 नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्दा उक्त ट्रकको चालक बस्ने क्यावीनमा लुकाइछिपाइ राखेको अवस्थामा २७० के.जी. गाँजा फेला परेको थियो ।

Advertisement

गाँजा बरामद गरी उल्लेखित नम्बरको ट्रकमा सवार भारत विहार जिल्ला मोतिहारी ग्राम सेमरी वडा नं.११ का २७ वर्षिय विजेश कुमार यादव र पूर्वी चम्पारण पलडवा का ५० वर्षिय धर्मेन्द्र यादवलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पत्रकार सम्मेलन गराई प्रहरीले जानकारी गराएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *