Categories समाचार

विन्दवासिनी गाउँपालिका अध्यक्ष तिवारीद्वारा किसानलाई तत्काल मल उपलब्ध गराउन माग ।

Advertisement

वीरगंज। पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले किसानलाई तत्काल मल उपलब्ध गराउन माग गर्नुभएको छ । आज शुक्रबार पर्साको प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउदै गाउँपालिका अध्यक्ष तिवारीले धान रोपाईको बेला सुरु भईसकेको हुदा किसानलाई यथा स्तिथिमा मल उपलब्ध गराउन माग गर्नुभएको हो ।

नेपालमा ८० प्रतिशत जनता कृषि पेशामा नै आधारित रहेको र राज्यले समेत बर्षेनी अर्बो रुपैया छुट्याउने गरेको तर समयमा कृषकहरु मल नपाउन सकेको प्रति आपति जनाउनुभाएको छ । उहाले आर्थी बर्ष २०७८÷७९ मा १५ अर्ब रुपैया बिनियोजन भएको तर समयमा मल खरिद नहुदा मुलुक भरी नै मलको हाहाकार मचेको बताउनुभयो ।

Advertisement

पर्साको १४ वटै पालिकामध्ये विन्दवासिनी गाउँपालिकाका किसानले मल नपाएर छटपटी रहेको प्रमुख जिल्ला अधिकारि ढकाललाई जानकारी गराउनुभयो । कृषि सामग्री संस्थान र साल्टट्रेडिंगले विन्दवासिनी गाउँपालिका संग कुनै समन्वय नगरी ५५० बोरा डिएपी र युरिया कृषि ज्ञान केन्द्र पर्सा मार्फत सामाजिक सञ्चालमा जानकारी गराई बिभिन्न सहकारी संस्थाहरुलाई वितरण गरेको प्रति गाउँपालिका अध्यक्ष तिवारीले आपति जनाउनुभयो ।

Advertisement

किसानलाई धान रोपाईको समयमा नै आवश्यकता अनुसारको मल नपाउदा धान उत्पादनमा ह्रास आउँन सक्ने तिवारीले भन्दै चिन्ता व्यक्त गर्नुभयो । किसानले बोर्डर पारि बाट आफ्नो कामको लागी समेत मल ल्याउदा सिमानाकामा खटिएको प्रहरीले खोस्ने गरेको र किसानहरुलाई दुख दिने गरेको प्रति गाउँपालिका अध्यक्ष तिवारीले प्रमुख जिल्ला अधिकारि ढकाललाई ध्यानआकर्षण गराउनुभयो । उहाले समयमा किसानलाई मल उपलब्ध भएन भने बाध्य भएर किसानहरु आन्दोलन गर्ने र त्यस बाट हुने क्षतिको जिम्मेवारी राज्य हुने बताउनुभयो ।

प्रजिअ ढकाललाई ज्ञापन पत्र बुझाउदै गाउँपालिका अध्यक्ष तिवारी
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *