Categories समाचार

नवनियुक्त बन तथा वातावरण मन्त्री यादवलाई खादा तथा सम्मान पत्रमार्फत सम्मान

पर्सा । भाईजान अफ वीरगंजले नेपाल सरकारको बन तथा वातावरण मन्त्रीमा नियुक्त भएका प्रदीप यादवलाई सम्मान गरेको छ । विभिन्न किसिमका प्राकृतिक तथा दैवीक प्रकोप एवम् अन्य समस्यामा परेकाहरुलाई सहयोग गर्ने अभिप्रायले युवाहरुद्वारा सञ्चालित भाईजान अफ वीरगञ्जले शनिवार एक कार्यक्रमका बिच नवनियुक्त बन तथा वातावरण मन्त्री यादवलाई खादा तथा सम्मान पत्रमार्फत सम्मान गरेको हो ।

जनता समाजवादी पार्टी (जसपा) पर्साले वीरगञ्जस्थित नगर सभा गृहमा आयोजना गरेको सम्मान कार्यक्रमका अवसरमा भाईजान अफ वीरगञ्जका कार्यवाहक अध्यक्ष साहेब खान, सल्लाहकार डा. आमिर आलम लगायतको टोलीले बधाई दिँदै मन्त्री यादवलाई सम्मान गरेको हो ।

Advertisement

सम्मान कार्यक्रममा संस्थाका सदस्यहरु वाशिम हुसैन, आशिफ अन्सारी, सरफराज अन्सारी, अफरोज अहमद लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

भाईजान अफ वीरगञ्जले कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म गरिएको बन्दाबन्दीमा दैनिक सयौँ भोकाहरुलाई निःशूल्क रुपमा भोजन वितरण गर्नुका साथै अग्रपंक्तिमा खटिएकाहरुलाई सम्मानसमेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *