Categories समाचार

बस चालकले बस अगाडि बढाउने क्रममा सह–चालकको किचिएर मृत्यु

Advertisement

चितवन । चितवनमा आफू कार्यरत बसले किच्दा सह–चालकको मृत्यु भएको छ ।

आज (आइतबार) विहान ८:१० बजेको समयमा भरतपुर महानगरपालिका–२५, स्थित शुक्रनगरमा ना५ख ९६७ नम्बरको बसले किच्दा सह–चालक भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो ।

उनको ८:५० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस बिग्रिएपछि चालक र सह–चालक दुवैले बस मर्मत गरिरहेका थिए ।

Advertisement

त्यहीबेला बस चालकले बस स्टार्ट गरि अगाडि बढाउने क्रममा बस मुनि रहेका सह–चालक किचिएका थिए । प्रहरीले बस र भरतपुर–२७ का ४२ वर्षीय चालक कुमार गुरुङलाई नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *