Categories समाचार समाज

सई ठकुरीको संरक्षणमा एकिकृत भन्सार जाँच चौकी गेट अगाडि अवैध धन्दा संचालन

Advertisement

वीरगंज । एकिकृत भन्सार जाँच चौकी भित्र रहेको नेपाल शस्त्र प्रहरी बलको वि.ओ.पि.नं. पोष्टमा कार्यरत सई प्रकाश सिंह ठकुरीको संरक्षणमा नेपालकै प्रमुख भन्सार एकिकृत भन्सार जाँच चौकी गेट अगाडि अबैध रुपमा वेस्या वृति धन्धा संचालनमा रहेको स्थानीयहरुले आरोप लगाएका छन ।

पटक पटक एकिकृत भन्सार जाँच चौकी र भन्सार कार्यालयले सई ठकुरीलाई गेट बाहिर वेस्या वृति भईरहेको गुनासो आएकोले यस्तो कृयाकलाप बन्द गर्न कडा निर्देशन दिएपनि , सई ठकुरीले बन्द गराईसकेको र अहिले यसतो कार्य गेट वाहिर संचालनमा नरहेको जानकारी गराएका थिए तर एकासि आज एक गाडिका चालक र अबैध धन्धा गर्दै आएका केहि महिलाहरु विच झडप भएपछि यस्ता अबैध वेस्या वृति को धन्धा सई ठकुरीको संरक्षणमा संचालन रहको खुल्न आएको हो ।

Advertisement

साथै सई ठकुरीले आई.सि.पि. भित्र बाट भारत जाने भारतिय गाडिहरु बाट पनि अबैध रुपमा पैसा उठाउने गरेको गाडीका चालकहरुले गुनासो गर्दै आएका छन ।

Advertisement

नेपाल प्रवेश गरेका भारतीय गाडिहरुको भन्सार फेल भए फेल भए जति दिनको भन्सारको राजस्व भन्सारलाई बुझाएर मात्रै भारत जान पाउने हुन्छ तर यस्ता गाडिहरु बाट पनि सई ठकुरीको मिलेमतोमा अवैध रुपमा पैसा लिई विना राजस्व तिराई छाडने गरेको पनि खुल्न आएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *